पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग, निगमलाई ज्ञापन पत्र

विहीबार, २४ असार २०७८, १३ : १९

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् ।

साथै विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् । पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेलरमटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन ९आन्तरिक उडानतर्फ० को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । 

वृद्धि गरिएको मूल्यसूची अनुसार आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ । त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ ।  एलपी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको छ ।

विहीबार, २४ असार २०७८, १३ : १९

प्रतिक्रिया