काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
परिसुचक २ बजेको अवधीमा २० अंकले बढेर २८२१.१३ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीको ३० हजार ५४४ पटकको कारोबारमा ८५ लाख ७४ हजार ६०६ कित्ता शेयरको रू २ अर्ब ६९ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २९ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया