मिर्मिरे लघुवित्तलाई एफपीओ निष्कासनमा बीबी रेटिङ प्रदान

विहीबार, २४ असार २०७८, १६ : २५

काठमाडौं,  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएसँगै एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा गरिरहेको छ ।

उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टसँग सम्झौता गरिसकको छ । 

कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । 
 

विहीबार, २४ असार २०७८, १६ : २५

प्रतिक्रिया