नेपाली महिलाहरुलाई कम्बोडिया पुर्‍याउने गिरोह सक्रिय, वैदेशिक रोजगारीका नाममा महिला बेच्ने एक जना पक्राउ

शुक्रबार, २५ असार २०७८, ०९ : ०४

काठमाडौं - आकर्षक तलव र खाने बस्ने सुविधाको प्रलोभन दिई वैदेशिक रोजगारीका लागि भन्दै नेपाली महिलालाई कम्बोडिया पुर्‍याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ बस्ने ३७ वर्षीय किसान राई रहेका छन् । 

वैदेशिक रोजगारीका नाममा नेपाली महिलालाई कम्बोडिया पुर्‍याएर बेचेको अभियोगमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले राई पक्राउ गरेको हो । यसपछि मानव तस्करीको कम्बोडिया ‘कनेक्शन’ सार्वजनिक भएको हो । 

धनकुटाबाट पक्राउ गरिएका राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । राई लगायतको गिरोहले नेपाली महिलालाई कम्बोडिया पुर्‍याउनु अघि फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालका माध्यबाट चिनजान गरी कम्बोडिायामा निर्माण तथा व्यापारको रोजगारको ग्यारेन्टी हुने भन्दै ४ लाख ५० हजार रुपैयाँ लिई भारत हुँदै कम्बोडिया पुर्‍याउने गरेको पाएइको प्रहरीले जनाएको छ ।

राईले खाने बस्ने खर्च बाहेक कम्बोडियामा मासिक एक लाख रुपैयाँ तलव हुने भन्दै भारत, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिकहरुलाई बेचेको प्रहरीको दाबी छ । घरमा खाना बनाउने र घर सफा गर्ने काम भनी त्यहाँ पुर्‍याएपछि यौनदासीको रुपमा व्यवहार गरिएको भन्दै पीडितहरुले उजुरी दिने गरेका छन् ।

नेपाली महिलाहरुलाई कम्बोडिया पुर्‍याउने गिरोह नै सक्रिय रहको ब्यूरोको भनाइ छ । राई समेतले हालसम्मय ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैधरुपमा कम्बोडिया लगि कतिपयलाई यौनदासीको रुपमा बेचेको र कतिपयलाई अलपत्र पारेको ब्यूरोले बताएको छ । 

ब्यूरोले यस सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंसँग समन्वय गरिररहेको बताएको छ । गिरोहका झन्डै २० जनाविरूद्ध ब्यूरो र वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।

शुक्रबार, २५ असार २०७८, ०९ : ०४

प्रतिक्रिया