सुनको मूल्य सामान्य उकालो लाग्दा चाँदी निरन्तर ओरालो, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, २५ असार २०७८, १० : ४५

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहीबारको तुलनामा आज १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

विहीबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

शुक्रबार, २५ असार २०७८, १० : ४५

प्रतिक्रिया