काठमाडौं, यो साता शेयर बजार सूचक नेपाल स्टक एक्सेन्च (नेप्से) १७.९० अंकले घटेको छ । यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१० अंकमा बन्द भएको छ ।
गत साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएकोमा यस साता १० अर्ब बढीले खुम्चिएर २३ अर्ब २६ करोडमा सीमित भएको हो ।
यस साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो भने साताको अन्तिम कारोबार दिन बिहीबार ४ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । यसबीचमा सोमबार ४ अर्ब ५८ करोड, मंगलबार ४ अर्ब २२ करोड र बुधबार ५ अर्ब ५८ करोडको शेयर कारोबार भयो ।
यो साता आइतबार नेप्से ८.४८ अंक, सोमबार ११.७८, मंगलबार ५.२४ अंक र बुधबार १६.९७ अंकले घट्यो भने अन्तिम दिन बिहीबार २३.९७ अंकले बढेको छ ।
यस साता सिभिल लघुवित्त कम्पनीमा लगानी गर्ने लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सिभिल लघुवित्त कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १०.८९ प्रतिशतले कमाएका हुन् ।
यस साता नेपाल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १२.१२ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै, नेपाल इन्स्योरेन्सपछि यस साता गोर्खाज फाइनान्सका शेयरधनीले १०.३६, युनाइटेड इदी मर्दीका शेयरधनीले ९.९०, अपर तामाकोशीका शेयरधनीले ८.७४ र नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले ८.३९ प्रतिशतका दरले गुमाएका छन् ।
गत साताको शेयर कारोबार दिनमा सूर्या लाइफ, राधी विद्युत, ङादी ग्रुप पावर र लिबर्टी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका थिए ।
यस साता कारोबारमा आएका १३ उपसमुहमध्ये बैंकिङ, माइक्रो फाइनानन्स, उत्पादनमूलक र ट्रेडिङ बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ ।
साताको कारोबारमा सबैभन्द धेरै उत्पादनमूलक उपसमुह २.६७ प्रतिशले बढेको छ । यस साता बैंकिङ ०.२३, माइक्रो फाइनानन्स ०.५७ र ट्रेडिङ १.१४ प्रतिशतले घटेको छ ।
यस साता विकास बैंक १.१२, फाइनान्स २.८८, जीवन बीमा १.२२, होटल एण्ट टुरिजम २.१७, हाइड्रो पावर ३.९३, अन्य ०.५८ र इन्भेष्टमेण्टको सूचक ०.६३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया