युनियन लाइफको आईपीओमा लगानीकर्ताको ओइरो, दुई दिनमा कति पर्‍योे आवेदन ?

शनिबार, २६ असार २०७८, ०७ : १४

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा दोश्रो दिन सम्ममा ११ लाख २८ हजार बढि आवेदन परेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार दोश्रो दिन शुक्रबार ३:३० बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २.९४ गुणा बढी आवेदन हो  ।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मका लागि छिटोमा असार २८ गतेदेखि ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

शनिबार, २६ असार २०७८, ०७ : १४

प्रतिक्रिया