यो साता ९ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

शनिबार, २६ असार २०७८, ०९ : ३०

काठमाडौं - यो साता विभिन्न ९ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार ८ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको प्राप्ति हुँदाको सेयर सूचिकृत भएको हो ।

जसमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्युरेन्स कम्पनी लिमिटेड, र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको सेयर सूचिकृत भएको छ । 

१. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
 मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस बापतको ३ लाख ६४ हजार ४ सय ४८.३५ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ नगद गरि कुल ९.६८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको १३ लाख ३ हजार ३ सय २०.२० कित्ता सेयर सूचिकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

३. निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
निर्धन उत्थान लघुवित्तको १३ प्रतिशत बोनस बापतको १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. स्वोरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वोरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस बापतको ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२.३९ प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियो । 

५. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस बापतको एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

६. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत बोनस बापतको ५ लाख ५४ हजार ४ सय ९५.०२५ कित्ता सेयर सूचीकृत भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

७. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६.७९५ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र ०.१८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

८. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

९. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको  २४ हजार ७ सय ९६.८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

शनिबार, २६ असार २०७८, ०९ : ३०

प्रतिक्रिया