भारतमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

शनिबार, २६ असार २०७८, १४ : ०२

एजेन्सी - भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश स् १०० रुपैयाँ ९१ पैसा र ८९ रुपैयाँ ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । 

दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । 

महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ४६ पैसा पुगेको छ । मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । यहाँ पेट्रोल प्रति लिटर १०९ रुपैयाँ २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रुपैयाँ ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

शनिबार, २६ असार २०७८, १४ : ०२

प्रतिक्रिया