काठमाडौं । कोरोना महामारीका कारण मुलुक बाहिर फसेका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने भएको छ ।
सोमबारदेखि आवसीय भिसा प्राप्त तथा निवासी र आगन्तुकहरूलाई ६ महिनाभित्र कतार फर्किदा प्रवेश अनुमति ‘इन्ट्री परमिट’ नचाहिने भएको हो । कतारको वैधानिक आवासीय अनुमति र उनीहरू मुलुक बाहिर ६ महिना भन्दा कम बसेका छन् भने इन्ट्री परमिट एक असाधारण अनुमति बिना प्रवेश गर्न पाउने भएका छन् ।
विशेष कारणले कतारबाट छ महिना भन्दा बढी समयसम्म बसेका छन् वा केही परिस्थितिले गर्दा उनीहरूको भिसाको अनुमति समाप्त भएकाले पनि प्रवेश पाउने छन् । तर, त्यस्ता व्यक्तिहरुले कतारको इ–गभर्मेन्ट वेबसाइट वा ‘मेट्रास’ टु एप मार्फत आवश्यक पर्ने शुल्क तिरेर कतार फर्कन सक्नेछन् ।
प्रतिक्रिया