आज नेपाली बजारमा सुनको मूल्य अवस्था कस्तो ? चाँदी बढ्यो

आइतबार, २७ असार २०७८, ११ : ०१

काठमाडौं - आज साताको महिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएका सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, २७ असार २०७८, ११ : ०१

प्रतिक्रिया