खाडी मुलुकमा रोजगारी सिर्जना तिव्र, खोप लगाएका कामदारलाई प्राथमिकता

सोमबार, २८ असार २०७८, ०७ : ५६

काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप स्वीकृत गरेपछि नेपाली कामदाहरुका प्रमुख गन्तव्य खाडीका विभिन्न मुलुकमा रोजगारी सिर्जनामा तिव्रता आएको छ । 
खोपलाई प्राथमिकतामा राखेका कतार, साउदी अरब, बहराइन र ओमानले क्वरेन्टिनमा बस्ने विदेशी कामदार लिइरहेका छन् । 

तर, नेपालमा कोरोना संक्रमण बढेपछि यूएई, मलेसिया, कुवेतले नेपालबाट कामदार लैजान तत्कालका लागि रोक लगाएका छन् । यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ । यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ । 

फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको कुवेतले अनुमति दिएको खोपको दुवै डोज लगाएका विदेशीलाई आगामी अगस्ट पहिलो तारेखदेखि प्रवेश दिने बताएको छ । ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन् ।

हाल रेड जोनको सूचीमा राखेका नेपाल, भारत, पाकिस्तान, बंगलादेशबाट भ्याक्सिन लगाएका अभिभावकसँग जाँदा १२ वर्षदेखि १७ वर्षसम्मका भ्याक्सिन लगाएकाहरुले कतार प्रवेश पाउने छन् । कोभिडविरुद्धको भ्याक्सिन नलगाएका भए उनीहरु १० दिन होम क्वारेन्टिन बस्नु पर्नेछ ।

सोमबार, २८ असार २०७८, ०७ : ५६

प्रतिक्रिया