काठमाडौं - नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि नेपालबाट जाने तयारीमा रहेका युवा अझै केही समय रोकिने भएका छन् । लामो समयदेखि रोकिएको कोरियाको रोजगारीमा तत्कालै खुल्ने देखिएको भए पनि फेरि कोरोना संक्रमण बढेपछि तत्काल नेपाली जाने नदेखिएको हो ।
नेपाली श्रमिकलाई कोरिया प्रवेशमा सहजिकरणका लागि ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो । तत्काल कोरिया जाने सम्भावना नदेखिएपछि ईपीएस अन्र्तगत कोरिया जाने श्रमिकका कोरोना बिमाको तयारी गरेको छ ।
ईपीएस अन्र्तगत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले अन्य सरकारी निकायसँग छलफल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा काम गरिएका श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालय र एचआरडी कोरियाले विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा छलफल अघि बढाएका हुन् ।
कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालय अन्र्तगतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले सहजिकरण गर्दै आइरहेका छन् ।
कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि केही देशबाट श्रमिक लैजान सुरू गरेपनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाल लगायतका विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोभिड भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निणर्यलाई निरन्तरता दिएको थियो ।
कोरियाका रोजगारदाताले विदेशी श्रमिक माग गरिरहेको भएपनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले प्रवेश अनुमतिलाई निरन्तरता दिएपछि एचआरडीले अवस्था हेरेर खोल्ने तयारी गर्न अनुरोध गरिरहेको छ । नेपालसहित १६ श्रम स्रोत मुलुकले प्रवेशलाई सहजिकरण गर्न सम्बन्धित देशको एनआरडीसँग अनुरोध गर्दै आएको भएपनि संक्रमण नघटेका कारण प्रवेश अनुमति खुला हुन सकेको छैन् ।
कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिएपनि श्रमिकको सम्बन्धमा भने कडाई गर्दै आएको छ । विदेशी श्रमिकलाई कडाई गरेपछि बिदामा नेपाल आउन चहाने र भिसा लिएर कोरिया जाने तयारीमा रहेका हजारौं नेपाली दुवै देशमा रोकिएका छन् ।
प्रतिक्रिया