काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आइबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया