बंगलादेशबाट ५२ हजार मेट्रिक टन मल नेपाल आइपुग्यो

सोमबार, २८ असार २०७८, १३ : ५९

बंगलादेशबाट ५२ हजार मेट्रिक टन मल नेपाल आइपुगेको छ ।  सरकारले बंगलादेशबाट ल्याउने भनेको ५० हजार मेट्रिक टन मल नेपाल आइपुगेको हो । 

दुई देशबीच ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको थियो। सम्झौता अनुसार २ हजार मेट्रिक टन मल थपिएर ५२ हजार मेट्रिक टन मल आइपुगेको कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए। 

बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता भएको थियो।

उक्त मल ४ हजार ७ सय सहकारी मार्फत किसानलाई बिक्री वितरण गरिएको छ। माग थाहा पाउन सबै पालिकामा खपत तथ्यांक अनलाइन प्रणालीमा राख्ने योजना बनाइएको मन्त्रालयले बताएको छ। 

सोमबार, २८ असार २०७८, १३ : ५९

प्रतिक्रिया