काठमाडौं, साउदी अरबको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ ।
अल खोबर सहरमा रहेको अल ओथमान एग्री प्रोडुक्सन कम्पनीले लेवरका लागि ३० जना, लाइट ड्रइभरका लागि ७ डेरी सेल्रका लागि १० जना गरी जम्मा ४७ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३१ हजार माथि देखि ४७ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले लक्की एच.आर. सोलुसन प्रा लि को कार्यालय जावलाखेल ललितपुर काठमाडौंमा साउन ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया