पर्याप्त हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा अड्किए ५२ शव

बुधबार, ३० असार २०७८, ०८ : २८

काठमाडौं - सरकारले पर्याप्त अन्तराष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अड्किएका छन् । ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

मलेसियामा वाइड बढी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरुले न्यारो बढी जहाज मात्र उडाइरहेको बताइएको छ ।

वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २०/२५ वटा शव ढुवानी गर्न मिल्ने बताइएको छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी शव नबोक्ने बताइएको छ । रोजगारीका लागि मलेसिया पुगेका श्रीमानको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर परिवार निकै पीडामा रहने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी गरसम्म गनेृ व्यवस्था गर्ने गरेको छ । रोजगारीको क्रममा गन्तव्य मुलुमा निधन हुनेको शव जतिसक्दो चाँडो घरसम्म पुरयाउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृतकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन् । 

बुधबार, ३० असार २०७८, ०८ : २८

प्रतिक्रिया