नेपाल आयल निगमले माग्यो  १७ जना कर्मचारी !

बुधबार, ३० असार २०७८, ०९ : ५४

नेपाल आयल निगमले कर्मचारी माग गरेको छ । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो । 

 निगमले तह ४ देखि तह ६ सम्मका १७ कर्मचारी र २ जना तह बिहिन कर्मचारी माग गरेको छ । अनलाइन मार्फत आवेदन दिन सकिने छ ।

निगमले तह ६ मा रहने गरि ७ जना सहायक प्रबन्धक, तह ५ मा रहने गरि ३ जना बरिष्ठ सहायक र तह ४ मा रहने गरि एक जना मेकानिकल मिस्त्री माग गरेको छ । यस्तै तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

निगमले इच्छुक तथा योग्य आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने जनाएको छ । 

बुधबार, ३० असार २०७८, ०९ : ५४

प्रतिक्रिया