काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया