वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई जोन्सन एण्ड जोन्सनको खोप

विहीबार, ३१ असार २०७८, ०७ : ४७

काठमाडौं - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरसविरुद्ध एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिइने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउने निर्णय भएको हो । स्वास्थ्य मन्त्रालयले गत सोमबार वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो । 

तर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले  रोजगारीमा जाने कामदारलाई कम्तिमा तीन हप्ताको अन्तरमा लगाउने भेरोसेल लगाउँदा विदेश जान अप्ठ्यारो पर्ने भएकाले उनीहरुलाई एक डोज लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप लगाउन माग गरेका थिए ।

विहीबार, ३१ असार २०७८, ०७ : ४७

प्रतिक्रिया