यूएई आफ्नो नागरीकलाई पतिबन्ध लगायो नेपालसहित १४ देशमा यात्रा गर्न, कुन- कुन ?

विहीबार, ३१ असार २०७८, ०९ : ३५

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै यूएई आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा साउन ६ गतेसम्मका लागि यात्रामा जान प्रतिबन्ध लगाएको हो ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणलेका अनुसार नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो ।

यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

विहीबार, ३१ असार २०७८, ०९ : ३५

प्रतिक्रिया