नेपाली बजारमा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ३१ असार २०७८, १० : ५३

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

बुधलबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

विहीबार, ३१ असार २०७८, १० : ५३

प्रतिक्रिया