काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड बराबरको रेमिटेन्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्कका अनुसार गत वर्षको तुलनामा रेमिटेन्स १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७।१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा ७७ हजार ६ सय ९९ जना नेपाली विदेशिएका छन् । गत वर्षको तुलनमा यो वर्ष ५९.९ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया