खानेतेलको मुल्य ३१ प्रतिशतले बढ्यो,सुर्तीजन्य पदार्थमा कतिले वृद्धि ?

विहीबार, ३१ असार २०७८, १६ : ४८

काठमाडौँ, चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा आइपुग्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको छ।  गत आवको जेठ मसान्तको तुलनामा चालु आवको सोही अवधी सम्ममा घ्यू तथा तेलको मूल्यमा ३०.९८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले जनाएको छ। 

केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय  प्रतिवेदन अनुसार  उच्च मूल्य वृद्धि भएका अन्य क्षेत्रहरूमा सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूह रहेका छन्।  जसको मूल्य वृद्धि क्रमशः  ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

त्यसैगरी,  २०७८ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको छ ।
 

विहीबार, ३१ असार २०७८, १६ : ४८

प्रतिक्रिया