लोक सेवा आयोगले माग्यो भारी मात्रामा कर्मचारी

विहीबार, ३१ असार २०७८, १७ : ०७

 लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।  प्रदेश २ को  लोकसेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न (प्राविधिक तथा अप्राविधिक) अधिकृत स्तरका लागि झण्डै ३ सय जना कर्मचारी माग गरेको हो । 

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ।

त्यस्तै गरी खुल्ला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म समय रहेको छ।

विहीबार, ३१ असार २०७८, १७ : ०७

प्रतिक्रिया