रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड

विहीबार, ३१ असार २०७८, १७ : ५२

काठमाडौ, रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

रिद्धि सिद्धि सिमेन्टले गतवर्ष ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजनालाई फेरि निरन्तरता दिएको हो।

कम्पनीका अनुसार  कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण स्थगित भएको उक्त योजना फेरि सुचारु भएको हो।  

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको बेला १०० बोरा सिमेन्ट खरिद गरिएको हुनुपर्ने पनि कम्पनीले जनाएको छ ।

विहीबार, ३१ असार २०७८, १७ : ५२

प्रतिक्रिया