काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । विहीबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ ।
विहिबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया