लाइसेन्सको आवेदन दुई साताभित्र खुल्ने

२ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा दुई साताभित्र खुला गर्ने कार्य थालिएको छ ।

सरकारले काठमाडौं उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागले यसका लागि काठमाडौं उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया