रोमानियामा भारी संख्यामा नेपाली कामदार माग, मासिक तलब कति ?

शुक्रबार, ०१ साउन २०७८, १७ : २०

काठमाडौं, रोमानियामा एक कम्पनीले भारी सङ्ख्यामा नेपाली पुरुष र महिला कामदारको माग गरेको छ । एभरेष्ट जभ्स एस.आर.एल नामक एक कम्पनीले १०० पुरुष र २० महिला गरि १२० नेपाली कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६५ हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले रावल इन्टरनेशनल प्रा लि को कार्यालय सिनामंगल काठमाडौंमा साउन ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शुक्रबार, ०१ साउन २०७८, १७ : २०

प्रतिक्रिया