काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । अब्दुलास फलेस अल दोसारी सन्स् कन्ट कम्पनीले लेबर कामका लागि ५० नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३१ हजार माथि तलब सुविधा रहेको छ । इच्छुक कामदारले हाइल्याण्डर इम्प्लाइमेन्ट कन्सल्टेन्सी प्रा. लि. सामाखुसी काठमाडौंमा साउन १० र ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया