नेपाली बजारमा सार्वजनिक भयो रेनो काइगर गाडी, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा रेनो काइगर गाडी सार्वजनिक भएको छ । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले उक्त गाडी सार्वजनिक गरेको हो ।

यो गाडी केही महिना अगाडि भारतीय बजारमा सार्वजनिक भएको थियो । कम मूल्यको एसयुभिको कारण नेपालमा पनि यसले चर्चा बटुलेको छ । विशेषत एग्रेसिभ लुग्समा आधारित भएर यो गाडीलाई डिजाइन गरिएको छ ।

रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर दिइएको छ ।

उक्त गाडीलाई विशेषत नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ ।

६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया