रोमानियाले माग्योे आकर्षक तलबका साथ १२० नेपाली कामदार,कति छ तलब ?

शनिबार, ०२ साउन २०७८, १५ : १९

 रोमानियाको  एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  रोमानियाको के एल कोकिरी ल्यान्ड एसआरएल (k.l kokari land srl) कम्पनीले ९०  पुरुष र ३० महिला गरि १२० नेपाली कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६५ हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले  Alliance Human resources Pvt.Ltd को कार्यालय सिनामंगल काठमाडौंमा साउन ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शनिबार, ०२ साउन २०७८, १५ : १९

प्रतिक्रिया