काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । अन्सोट इमप्लोइमेन्ट सर्भिस् लिमिटेड कम्पनीले कुकका लागि ४ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित १ लाख २६ हजार बढि रहेको छ । जान चाहने इच्छुक कामदारले सुन्दर नेपाल ओभरसिसको कार्यालय सिनामंगल काठमाडौंमा सम्पर्क गुनुपर्ने हुन्छ । अन्तर्वार्ता साउन ६ गते मेनपावरको कार्यालयमा हुने कम्पनीले जनाएको छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया