६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतबार, ०३ साउन २०७८, ११ : ०२

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, ०३ साउन २०७८, ११ : ०२

प्रतिक्रिया