नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न पदका लागि ८ कर्मचारीको माग, कहिलेसम्म दिन सकिने आवेदन ?

आइतबार, ०३ साउन २०७८, १२ : ३१

काठमाडौं, नेपाल पुनर्बीमा कम्पनीले करार सेवाका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न ३ पदका लागि आठ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउटेण्ट, सूचना प्रविधि (आईटि इन्जिनियर) र सहायक प्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउटेण्ट तह ७ का लागि २ जना, सूचना प्रविधि(आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ पदका लागि ५ जना कर्मचारी माग गरेको जनाएको छ ।

कम्पनीले माग गरेको पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन १५ गतेभित्र आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।

आइतबार, ०३ साउन २०७८, १२ : ३१

प्रतिक्रिया