दुई पटक लडेर उठ्दै भिलेज हाईल्याण्ड, लयमा फर्किन कति लाग्ला ?

सोमबार, ०४ साउन २०७८, ०७ : ३३

काठमाडौं - चीनको वुहान शहरबाट सन् २०१९ को अन्तिम महिनाबाट सुरु भएको कोरोना भाइसको महामारीले अहिले विश्वलाई नै प्रभाव पारिरहेको छ । विश्वको धेरै जसो सबै देशमा फैलिएको उक्त कोरोना भाइरसको नयाँ नयाँ भेरियन्ट फेला पर्न थालेको छ । महामारीका कारण विश्वका ठूल्ठूला शहरहरू बन्द भए । सम्पूर्ण आर्थिक क्षेत्र नै ठप्प भयो । विश्वका प्राय जसो सबै क्षेत्रलाई महामारीले नराम्रा सँग प्रभाव पा¥यो । 

लकडाउन र निषेधाज्ञाको चपेटा
कोरोना महामारीको नियन्त्रणका लागि नेपालमा २०७६ साल साल चैत्र ११ गतेबाट देश व्यापी रुपमा लकडाउन भयो । लकडाउनका कारण सबै क्षेत्र ठप्प भए । विषेश गरि व्यापार व्यवसायमा धेरै नै प्रभाव पा¥यो । सोही लकडाउनको चपेटामा भक्तपुर सूर्यविनायक नगरपालिकामा रहेको भिलेज  हाईल्याण्ड रिसोर्ट पनि पा¥यो । दुई वर्ष अघिबाट राम सुन्दर बकेले सञ्चालनमा ल्याएको उक्त होटलको सुरुवाती केही महिना बित्न नपाउँदै कोरोना महामारी सुरु भयो । 

भर्खर लयमा लाग्दै गरेको होटल तीन महिना बन्द गर्नु पा¥यो ।  ५० करोडको लगानीमा राम सुन्दरले शुरु गरेका रिसोर्ट सुरुवाती फेसमा नै लकडाउनका कारण नराम्रै तरिकाले थाला पा¥यो । तीन महिनाको लामो बन्द पछि केही हतमा कोरोना न्यूनिकरण भए पछि लकडाउन हटे सँगै विस्तारै सम्पूर्ण व्यापार व्यवसाय चलायमान हुन थाले । भिलेज हाईल्याण्ड रिसोर्ट पनि विस्तारै चलायमान हुन थालेको थियो । 

सम्पूर्ण क्षेत्र विस्तारै लयमा फर्किन मात्र थालेको थियो । फेरि दोस्रो लहरको कोरोनाका कारण २०७८ साल बैशाख १६ गतेबाट देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू भयो । दोस्रो लहरको कोरोना महामारी न्यूनिकरणका लागि गरिएको उक्त निषेधाज्ञाका कारण उपत्यकाका तीन वटै जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर बन्द भयो । 

लयमा फर्किदै
अहिले निषेधाज्ञा केही खुकुलो बनाई साउन १० गते सम्म थप गरिएको छ । केही हतमा खुकुलो भए पनि सबै क्षेत्र भने सञ्चालनमा आउन पाएको छैन । निषेधाज्ञा सँगै रिसोर्ट पनि विस्तारै सञ्चालनमा ल्याइएको राम सुन्दरले बताए । ‘पहिलो लकडाउनले तीन महिना पुरै बन्द भयो । त्यसपछि विस्तारै सञ्चालनमा आँउदै थियो लयमा राम्रो फर्कन नपाई फेरी दोस्रो लहरको कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले दुई महिना बन्द गर्नु पर्यो अहिले विस्तारै सञ्चालनमा आउँदै छ ।’ उनले भने ।

रिसोर्टमा २५ जना कामदार राखेका छन् । होटल बन्द हुँदा पनि कामदारलाई अधा तलब दिइएको राम सुन्दरले सुनाए । उनी भन्छन् ‘बन्दको बेला सबै कामदारको रोजगारी गुम्यो । सबैलाई छुट्टी दिनु पा¥यो । रिसोर्टको घर आफ्नै भएर मात्र केही हत सम्म सजिलो भयो भाडामा भएको भए फेरि सञ्चालनमा ल्याउन चान्स् थिएन ।’ उनले थपे, ‘दुई पटक लडेर उठ्दै छौं । लयमा फर्काउन त धेरै समय नै लाग्ला तर, खोसिसमा छौँ ।’
 
रिसोर्ट बन्द नहुने हो भने दिन दुई सय देखि तीन सयको हाराहारीमा ग्राहक आउने उनले बताए । साथै शनिबार भने ४०० देखि ५०० को हाराहारिमा रिसोर्टमा ग्राहक आउने पनि उनको भनाई छ । सिजनको महिना माघ फागुनमा भने विदेशी पर्यटक पनि आउने गरेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण अहिले भने आन्तरी पर्यटक मात्र आउने गरेको छ । होटल सञ्चान गरेको सुवातीमा नै माहारी आएको कारण त्यस्ते धेरै विदशि पर्यटकलाई भेन स्वगत गर्न पाएनौ ।’ 

सरकारबाट सहुलियत
कोरोना माहारीपछिको लकडाउन र निषेधाज्ञाको चपेटामा परि विभिन्न व्यापार व्यावसायहरु थलो पर्दा पनि सरकाबाट केही सहुलियत नआएको भन्दै गुनासो गरे । ‘गत आर्थिक वर्षमा त विधुत महशुलमा सरकाले छुट दिएको थियो । उक्त छुटले केही मात्रमा सहजता मिले थियो । तर, यो वर्ष त्यस्तो खासै केही भएन ।’ नेपाल सरकारले केही मात्रामा सहुलियता प्रदान गरे अथवा करमा केही प्रतिशत छुट दिए धेरै सहुलियत मिल्ने उनको भनाई छ ।

होटलको विषेशता 
भिलेज  हाईल्याण्ड रिसोर्ट भक्तपुरको सूर्यविनायक नगरपालिका रानिकोटको सुन्दर, सान्त ठाउँमा रहेको छ । उक्त रिसोर्टबाट काठमाडौं उपत्यकाको ७५ प्रतिशत क्षेत्र देखिन्छ । साथै रिसोर्टबाट मनाशुल हिमाल, गणेश हिमाल, सिसा पानि हिमाल, दोर्जे लाक्पा हिमाल गौरीशङकर हिमाल लगायत ७ वटा हिमाहरुको अवलोकन गर्न सकिन्छ । 

उक्त क्षेत्र प्रकृतिको सुन्दरता सँगै धार्मिक क्षेत्र र एतिहासिक क्षेत्र रानिकोट गडीको कारणले पनि धेरै चर्चित रहेको छ । विषेश गरि पाँच तले मन्दिर ५५ झ्याले दरबार सहित ऐतिहासिक मठमन्दिरहरुको अवलोकन गर्न पनि सकिन्छ ।  
 
जिप सफारिको तयारी 
रिसोर्टमा जिप सफारी सञ्चालनको तयारी गरिएको छ । केही समयमा नै जिप सफारी सञ्चालनमा ल्याउने प्रोपाइटर राम सुन्दरले बताए । यस अघि नै जिप सफारी सञ्चालनमा ल्याउने तयारीमा थियौँ । तर निषेधाज्ञाको कारण हुन सकेन । सबै तयारी भई सकेको छ । केही दिनमा नै सञ्चान हुदै छ ।

जीप सफारी ३५ देखि ५० किलोमिटरको दुरीमा खोलाको किनर रै किनारमा सञ्चान गरिने उने बताए । 


 
 

सोमबार, ०४ साउन २०७८, ०७ : ३३

प्रतिक्रिया