एन आई सी एशिया क्यापिटलको अक्ष्यक्षमा ढकाल नियुक्त

आइतबार, ०३ साउन २०७८, १५ : १४

काठमाडौं - एन आई सी एशिया क्यापिटलले अध्यक्षमा कपिल ढकाललाई नियुक्त गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बसेको क्यापिटल सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

ढकाललाई साउन १ गतेदेखि नै लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ । व्यवसायिक चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ढकालले बैंकमा विजनेश प्रोशेस रिइञ्जिनियरिङ विभागको प्रमुख भएर सेवा सुरु गरेका थिए । 

उनीसँग १२ वर्षभन्दा बढी अवधिसम्म बैंकिङ क्षेत्रको उच्च तहमा रहेर काम गरेको अनुभव छ ।


 

आइतबार, ०३ साउन २०७८, १५ : १४

प्रतिक्रिया