साउदीमा खाने बस्ने सुविधा सहित ५० कामदारको माग, तलब कति ?

आइतबार, ०३ साउन २०७८, १७ : ५१

काठमाडौं, साउदी अरबको एक कम्पनीले ५० जना नेपाली पुरुष कामदारको माग गरेको छ । (Abdullah Faleh Al Dossari Sons Cont. Co.Ltd)  नामक एक कम्पनीले ५० नेपाली कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३१ माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले हाइल्याण्डर इम्प्लाइमेन्ट कन्सल्टेन्सी प्रा लि को कार्यालय सामाखुसी,टाउन प्लानिङ्ग काठमाडौंमा साउन १० र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

आइतबार, ०३ साउन २०७८, १७ : ५१

प्रतिक्रिया