काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लिमिटेडको मुनाफामा सामान्य बृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २१ करोड ७९ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि बढेर २६ करोड ४७ लाख रपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया