नेपाल लाईफले बोलायो साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव

सोमबार, ०४ साउन २०७८, ०८ : ४५

काठमाडौं - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले साउन २५ गते आफ्नो तेस्रो वार्षिक साधारण सभा कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजेका लागि बोलाएको हो । नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६र७७ को लागि वर्तमान लेखापरीक्षक हरिमणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ । 

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । 

सोमबार, ०४ साउन २०७८, ०८ : ४५

प्रतिक्रिया