काठमाडौं - हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बाँडफाँट भएको छ ।
कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । गत जेठ २६ गतेदेखि असार २९ गतेसम्म विक्री खुला गरिएको उक्त संस्थापक शेयर असार ३० गते बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता रू. ७५१ मूल्य तोकेर यो शेयर लिलामीमा विक्री खुला गरेको थियो । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको माग गर्न सकिने व्यवस्था बमोजिम प्राप्त आवेदनहरुमध्य बाँडफाँटमा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।
उक्त शेयर विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया