काठमाडौं - जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
उक्त बोनस शेयर वैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनस शेयर वितरण गर्ने जानकारी कम्पनीले गराएको छ ।
कम्पनीले उक्त बोनस शेयर साउन १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । साउन ३ गते आइतवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि अब भने कारोबार गर्न सक्नेछन् ।
कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया