नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रियो, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उक्त परिमार्जित डिजाइन र लुक्ससहितको बाइक भित्र्याएको हो ।

हाल आधिकारिक रुपमा बिक्री सुरु भइसकेको छैन । कम्पनीका अनुसार केही दिन भित्रै यो बाइकको बिक्री सुरु हुने छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ ।

यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पिडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २।० मा अल डिजिटल कन्सोल दिइएको छ ।

होन्डा हर्नेट २.०ले २०० सीसीका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले आधिकारीक रुपमा होन्डा हर्नेट २.० को मूल्य घोषणा नगरेपनि यो बाइकको मुल्य ४ लाख ६० हजार मूल्य तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया