घट्यो सुनको मूल्य, प्रतितोला कति ?

सोमबार, ०४ साउन २०७८, १० : ५७

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

आइतबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सोमबार, ०४ साउन २०७८, १० : ५७

प्रतिक्रिया