हुम्लामा नूनको मूल्य सस्तो भएको छ । दुर्गममा नेपाल सरकारले नुनको ढुवानीमा अनुदान दिएपछि मूल्य सस्तो भएको हो।
सरकारले हुम्लामा हवाई मार्गबाट ढुवानी अनुदान दिएर नुन पठाउन थालेपछि प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुँदै आएको छ ।
पहिला आयोडिनयुक्त नुन हवाई मार्गबाट नआउँदा चीनको ताक्लाकोटबाट भेडामा ढुवानी भएर आउँदा महँगो पर्ने गरेको थियो।
साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुने नुनको ढुवानीमा अनुदान दिने गरेको छ।
सरकारको ढुवानी अनुदान दिएपछि नेपालमै सस्तो नुन पाइने जिल्लामा हुम्ला पनि पर्छ।
प्रतिक्रिया