काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ ।
शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौंबाट लाभांश रकम बुझ्न सक्नेछन् ।
पाँच वर्ष पुगिसक्दा पनि शेयरधनीले विभिन्न आर्थिक वर्षको लाभांश लिन नआएका कारण कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि-२०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको कम्पनीले बताएको छ ।
पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम सम्वन्धि शेयरधनीको नामसहित मिर्मिरे लघुवित्तको वेबसाइटमा राखिएको पनि कम्पनीले बताएको छ ।शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया