ओमानको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । ओमानको (Remas muscat Internatiomal LLC) कम्पनीले १७५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । ओमानले क्लिनर पब्लिक बिल्डिङ र लोडिङ एन्ड अनलोडिङ वर्करका लागी १७५ जना कर्मचारीको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३० हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले Worldways Manpower को कार्यालय कोटेश्वर काठमाडौंमा साउन ९ र १० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया