काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल २०७८ भाद्र १ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको अवधिको लागि २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।
प्रतिक्रिया