समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, मूल्य कति ?

सोमबार, ०४ साउन २०७८, १२ : २८

काठमाडौं - समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार बैकिङ समयसम्म रहेको छ । कम्पनीले ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर असार २९ गतेदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि बोलपत्र पेश गर्न सकिने छ ।

विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । 

सोमबार, ०४ साउन २०७८, १२ : २८

प्रतिक्रिया