काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्सले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।
कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १० प्रतिशत अर्थात १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।
योसँगै कम्पनीको शेयर स्वामित्व संस्थापक ६० प्रतिशत र सर्वसाधारको ४० प्रतिशत कायम भएको छ ।
यस अघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।
कम्पनीको छैठौं वार्षिक साधारण सभाले संस्थापकको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित भएको थियो।
प्रतिक्रिया